पूर्वाञ्चल खबर
स्कुलमा अध्ययनरत विद्यार्थीहरुका ४ सय भन्दा वढी अभिभावकहरु अभिमुखिकरणकमा सहभागि रहेका थिए । करीयर ट्रेनिङ फाउन्डेशन(सी.टी.एफ.) नेपालका निर्देशक राजन दाहाल र प्रशिक्षक लक्ष्मी गुरुङले अभिमुखिकरणको सहजीकरण गरेका थिए ।
स्कूलले यस वर्ष देखि स्कूलमा अध्यापनरत शिक्षक, शिक्षिकालाई आवश्यक विभिन्न विषयमा वर्षैभरी तालीम दिने गरी सी.टी.एफ.नेपाललाई जिम्मा दिएको स्कूलका प्रिन्सीपल परेश पोखरेलले वताए । अभिभावकहरुमा आफ्ना वाल वच्चा स्कूल पठाएपछी जिम्मेवारी सकीयो भन्ने मानसिकतालाई यो कार्यक्रमले चिरीदिएको र हाम्रो दिमागलाई खुलाएको साथै घरमा अभिभाकले गर्नुपर्ने कार्यको वारेमा थप जानकारी भएको स्कूलकी अभिभावक तिर्था लिम्वुले वताईन ।
यसरी निरन्तर दिईने तालीमले शिक्षक, शिक्षिकाको अध्यापन शैलीलाई थप प्रभावकारी वनाउने र यसको प्रत्यक्ष सकारात्मक प्रभाव विद्यार्थीमा पर्ने भएकोले यो अत्यन्तै उपयोगी हुने स्कूलकी शिक्षिका ममीता भण्डारीले वताईन् ।
प्रविधीयुक्त शिक्षण शिकाईलाई ससक्त वनाउन यस प्रकारका विभिन्न कार्यक्रमहरु गरी यस क्षेत्रको उत्कृष्ट विद्यालयको रुपमा स्थापीत गर्ने स्कूलका अध्यक्ष जितनारायण थापा मगरले वताए ।