१८ मंसिर,विराटनगर । प्रेस चौतारी नेपाल मोरङका अध्यक्ष रामचन्द्र अधिकारी यस वर्षको विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कारबाट पुरस्कृत हुने भएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का कुलपति प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले अधिकारीलाई सो पुरस्कार दिने निर्णय भएको नाष्टले जनाएको छ ।
पत्रकारिता र पुस्तक लेखनबाट विज्ञान र प्रविधिको प्रचारप्रसार तथा विकासमा योगदान पुर्याए बापत अधिकारीलाई सो पुरस्कार प्रदान गरिने भएको हो ।
पुरस्कारको राशि ५० हजार रुपैयाँ छ । पुरस्कार सोमबार नाष्टको स्थापना दिवसको अवसरमा एक कार्यक्रमबिच प्रधानमन्त्री दाहालले पुरस्कार प्रदान गर्ने भएका छन् ।
विज्ञान र वातावरणको विषयमा पत्रकारिता गर्दै आएका अधिकारीका सर्वसाधारणलाई लक्षित गरी लेखिएका दुई र विज्ञानको कोर्षमा आधारित आधा दर्जन पुस्तक प्रकाशित छन् । वातावरण पत्रकारिताको आधा दर्जन पुरस्कारवाट उनी सम्मानित भइसकेका छन् ।