पूर्वाञ्चल खबर
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्री परिषद्को चौथो बैठकले पूर्व सांसद सुनसरी इटहरीका रेवती रवण भण्डारीको संयोजत्वम पाँच सदस्य रहने गरी मस्यौदा सुझाब समिति गठन गरेको हो ।
कानुन निमार्ण गर्न गठन भएको मस्यौदा सुझाब समितिको अन्य सदस्यहरुमा प्रदेश सरकारका मुख्य न्याधिवक्ता तथा वरिष्ठ अधिवक्ता चुडामणि आचार्य, अधिवत्ता जगत थापा, दोर्णराज दाहाल र मस्यौदा सुझाब समितिको सदस्य सचिवमा मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालयका कानुन सचिव शेरजन कार्की रहेका छन् ।
समितिले प्रदेश सरकारको लागि आवश्यक पर्ने कानुनको बारेमा सुझाब दिने प्रदेश १ का आन्तरीक मामिला तथा कानुन मन्त्री एवं सरकारको प्रवत्ता हिक्मत कार्कीले जानकारी दिए । ‘कानुन निमार्ण गर्न कार्यदल गठन भएको छ,’ प्रवत्ता कार्कीले भने, ‘यसको कार्य विधि मन्त्री परिषदले तोके बोमोजिम हुनेछ ।’
त्यस्तै मन्त्री परिषदको बैठकले प्रदेश कर तथा गैरकर राजस्व सम्बन्धी विधेयक २०७४ मस्यौदा गर्नको लागि सौद्धान्तिक स्वीकृत प्रदान गरेको छ । चैतको दोस्रो साता भित्रमा ल्याउने बजेटको लागि विनयोजन विधेक २०७४ को लागि सौद्धान्तिक स्वीकृत प्रदान गरिएको कार्कीले बताए । त्यस्तै प्रदेश आर्थिक कार्यविधि विधेक मस्यौदाको लागि स्वृतीकत गरिएको छ । मन्त्री परिषदले स्वीकृत गरिएका विदेक र नियावलीहरु बुधबार बस्ने सांसद बैठकमा पेश गर्ने कार्कीले जानकारी दिए ।