AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अहंकार र दम्वलाई त्यागेर एक नम्वरलाई नमुना प्रदेश वनाउनु पर्छ : मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ चैत्र २०७४, मंगलवार १८:५६
3
Shares
कुमोद अधिकारी
विराटनगर, ६ चैत / एक नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले राजनितिक आस्था विचार भन्दा माथी उठेर समग्र प्रदेशको आर्थिक विकासका लागी सवै दल मिलेर अघि वढनु पर्ने वताए ।

गिरिजाप्रसाद कोइरालाको आठौ पुण्यतिथिको अवसरमा विराटनगरमा आज आयोजित विचार गोष्ठीलाई सम्वोधन गर्दै उनले अहंकार र दम्वलाई त्यागेर एक नम्वरलाई नमुना प्रदेश वनाउन अघि वढनु पर्नेमा जोड दिए ।

मुख्यमन्त्री राईले कोइरालाको अगुवाईमा मुलुकमा ठुलो राजनितिक उपलव्धि हासिल भएको चर्चा समेत गर्न भ्याए । उनले गिरिजाप्रसाद कोइरालाको सम्झनामा गिरिजाप्रसाद कोइरालाला संग्रालय स्थापना गर्न प्रदेश सरकार तत्पर रहेको वताए । उनले प्रदेश सरकारसंग अहिले पुर्ण वहुमत भएपनी एक नम्वर प्रदेशका स्थाई राजधानी तथा प्रदेशका नामाकरण गर्ने विषयमा सवै दलसंग सहमती गरेर मात्र निर्णय गर्ने बताए ।
कार्यक्रमा वोल्दै मोरङ २ का सांसद डा मिनेन्द्र रिजालले एक नम्वर प्रदेशको समग्र विकासका लागी कांग्रेसले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

गिरिजाप्रसाद कोइराला फाउण्डेसनकी अध्यक्ष सुजाता कोइरालाले नेपालको राजनितिमा कोइरालाको भुमिकाको चर्चा गरीन् । कार्यक्रममा एक नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्की, कांग्रेस प्रदेश संशदियदलका नेता राजिव कोइरालाल , विराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्कीले गिरिजाप्रसाद कोइरालको योगदानको चर्चा गरेका थिए । त्यस अवसर गिरिजाप्रसाद कोइरालाको विषयमा वृतचित्र प्रर्दशनी आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर