RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल स्तरीय भलिवल प्रतियोगिता हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ चैत्र २०७४, सोमबार २०:२९
3
Shares
गोपाल काफ्ले
पथरी, ५ चैत । राम जानकी मन्दिरको आयोजना र हसन्दह स्पोर्टिङ क्लवको संयोजकमा दोस्रो पूर्वाञ्चल स्तरिय पुरुष खुल्ला नक आउट भलिवल प्रतियोगिता हुने भएको छ ।

पथरीशनिश्चरे वडा नम्वर ५ स्थित राम जानकी मन्दिरमा परिसरमा चैत ८ गते देखि सुरु हसने प्रतियोगितामा १ नम्वर प्रदेशका १० टिमको सहभागिता रहने छ । प्रतियोगिताको विजेता तथा उप विजेताले नगद ५१ हजार मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन ।

प्रतियोगितामा दमक स्पोर्टिङ क्लव झापा, पथरी स्पोर्टिङ क्लव मोरङ, ए पि एफ पकली सुनसरी, ईनरुवा स्पोर्टिङ क्लव सुनसरी, आयोजक राम जानकी भलिवल क्लव, प्रदेश नं. १ क्षेत्रिय प्रहरी कार्यालय रानी, झुम्का स्पोर्टिङ क्लव सुनसरी, तरहरा स्पोर्टिङ क्लव सुनसरी, मेहरमान स्मृती प्रतिस्ठान बिर्तामोट झापा र ईटहरी भलिवल क्लव सुनसरी रहेका छन ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई सुरेस दाहालले प्रायोजना गरेका छन भने प्रथम र दोस्रो ट्रफिको रेवत बस्नेत (रोसन) ले प्रायोजना गरेको अध्यक्ष सन्तोस थापाले बताए । खेलको अनुमानित खर्च ३ लाख १७ हजार २ सय हुने सचिव रमेश दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर