RUMPUM
animated ellipse animated ellipse

पाँचबर्ष प्रतिपक्षमा बस्छौ : गगन थापा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ चैत्र २०७४, शनिबार १९:३८
3
Shares
फाइल तस्वीर
कुुमोद अधिकारी
विराटनगर, ३ चैत /नेपाली कांग्रेसका नेता गगन थापाले अवको पाचवर्ष नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भुुमिका निर्वाहगर्ने बताएका छन् ।

मोरङको झोराहाटमा आज आयोजित तरुणदलको भेलालाई सम्वोधन गर्दै थापाले संघियता कार्यान्वयन र राजनितिक स्थायीत्वकालागि कांग्रेसले प्रतिपक्षको भुमिका निर्वाह गर्ने बताएका हुन् । पार्टी भित्रको कमिकमजोडीका कारण पार्टीले पराजय भोग्नुु परेको बताउदै उनले निर्वाचनमा आएको परिणामबाट पाठ सिकेर अब काग्रेस अघि बढने बताए ।

कार्यक्रममा वोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुुरुराज घिमिरेले कांग्रेसलाई सदृढ बनाउन पार्टी भित्र एकता आवश्यक रहेको बताए । कार्यक्रममा अर्का केन्द्रिय सदस्य अमृत अर्यालले पार्टीको आन्तरिक कारण निर्वाचनमा पराजय भोग्नुु परेको बताए । कार्यक्रम तरुणदल मोरङका अध्यक्ष प्रभाकर थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर