पूर्वाञ्चल खबर
नवनियुक्त मन्त्रीलाई आज शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी छिन्।
नयाँ सरकारमा एमालेबाट प्रदीप ज्ञवालीले परराष्ट्र मन्त्रालय, गोकर्ण विष्टले श्रम तथा रोजगार मन्त्रालय, रवीन्द्र अधिकारीले पर्यटन मन्त्रालय, रघुवीर महासेठले भौतिक पुर्वाधार मन्त्रालय, शेरबहादुर तामाङले कानुन मन्त्रालय, लालबाबु पण्डितले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जगत विश्वकर्माले यूवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै एमालेबाट गोकुल बास्कोटाले सञ्चार राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।
माओवादीबाट बर्षमान पुनलाई उर्जा तथा जलस्रोत मन्त्रालय, गिरिराजमणी पोखरेललाई शिक्षा, शक्ति बस्नेतलाई वन, चक्रपाणी खनाललाई कृषि तथा सहकारी र विना मगरलाई खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै, एमालेबाट गोकुल बास्कोटा सुचना तथा सञ्चार र धनबहादुर बुढा पर्यटन राज्यमन्त्री बनेका छन्। माओवादीबाट पद्यम अर्याल स्वास्थ्य र रामकुमारी चौधरी कृषि तथा सहकारी राज्यमन्त्री बनेका छन्।
प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै थममाया थापालाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए।
लगत्तै विस्तार गरिएको मन्त्रिपरिषदमा एमालेबाट ईश्वर पोखरेल रक्षा मन्त्रालय र युवराज खतिवडालाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको थियो। माओवादीबाट रामबहादुर थापा ुबादलु गृह र मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी पाएका थिए।