पूर्वाञ्चल खबर
प्रदेश १ मुख्य सचिव यादव कोइरालालाई उनले निर्देशन दिदै कर्मचारीहरुलाई आइतबार बोलाउन लगाएका हुन् । मुख्यमन्त्री राइले फडानीमा कर्मचारीहरु संलग्घन भएको पाइएमा तत्काले कारबार्ही गरिने बताए । उनले कुनै पनि बहानमा वन फडानीमा सहयोग गर्ने र त्यसमा संलग्घनलाई नछाडिने बताए । स्थानीय ठेकेदार र तस्करहरुको मिलोमतोमा वन फडानी भइरहेको सुचना आएको मुख्यमन्त्रीको कार्यालय स्रोत बताएको छ ।
विभिन्न वन उपभोक्ता समिति समेतको मिलेमतोमा जंगल फडानी भइरहेको समाचारहरु समेत प्रकाशित हुन थालेपछि त्यस्ता उपभोक्त समितिहरुका पदाधिकारी माथी पनि छानविन गरि कारबार्ही गर्ने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । राष्ट्रपति निर्वाचनको लागि एक साता देखि काठमाण्डौैँमा रहेका राई शनिबार प्रदेश राजधानी विराटनगर आउँदैछन् ।