RUMPUM
animated ellipse animated ellipse

नेता शिक्षकको दैनिकी : पढाइ कम, राजनीति बढी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० फाल्गुन २०७४, बुधबार ०८:२१
3
Shares
विराटनगर ।
गत फागुन १५ गते नेपाल शिक्षक संघको प्रदेशस्तरीय अधिवेशन हुँदा विराटनगर–२ को जनता नमुना स्कुल बन्द थियो । सबै शिक्षक अधिवेशनमा जाँदा स्कुलका विद्यार्थी १२ बज्नुअघि नै घर फर्किएका थिए ।
…..
फागुन १९ गते शनिबार शिक्षक महासंघ मोरङको अधिवेशनले दामोदर सिग्देलको नेतृत्वमा समिति गठन ग¥यो । फागुन २१ गते सोमबार पदभार ग्रहण कार्यक्रम आयोजना गरिएको थियो । सदस्यहरू स्कुल छाडेर सो कार्यक्रममा उपस्थित भएका थिए ।
माथिका दुई घटना पछिल्लो १५ दिनभित्रका हुन् । पढाउने जिम्मेवारी पाएका शिक्षकहरू पार्टीकेन्द्रित राजनीतिमा लाग्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गएको छ । नेपाल सरकारबाट राजनीति नगरी पढाउने सर्तमा नियुक्ति लिएका शिक्षकहरू पार्टीकेन्द्रित राजनीतिमा लागेका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर दिन प्रतिदिन खस्किँदै गएको हो ।
‘शिक्षकहरूको संगठन निजी स्कुलहरूमा पनि छ’ मंगलबार भेटिएका एक शिक्षकले भने– ‘तर उनीहरू जसरी हामी पढाउने काममा लागेनौ ।’
शिक्षकहरू पढाउनेभन्दा पनि पार्टीमुखी भएका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर भएको ती शिक्षक बताउँछन् । उनी पढाउनेभन्दा पार्टीको झोला बोक्ने शिक्षकको संख्या बढिरहेको गुनासो गर्छन् ।
पार्टीगत खुलेका संगठनको सदस्यहरू अध्यापनभन्दा बढी राजनीतिक काममा केन्द्रित हुने गरेका छन् । जिल्लामा पार्टीगत राजनीति गर्न एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) निकटहरू संगठन खोलेर नेतृत्वमा बसेका छन् ।
यसरी पार्टीको जिल्लास्तरीय नेतृत्वमा बस्ने शिक्षकको संख्या मोरङमा मात्र २ सय २७ छ । जसमध्ये शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघ मोरङमा अध्यक्षसहित ३१ सदस्यीय जिल्ला कार्यसमिति छ । समितिको अध्यक्षमा दामोदर सिग्देल छन् । महासंघको केन्द्रीय प्रतिनिधि १० जनाको छ । जसमा एमालेनिकट नेपाल राष्ट्रिय सिक्षक संगठनका तर्फबाट ४ र कांग्रेसनिकट नेपाल शिक्षक संघबाट ६ जना प्रतिनिधि छन् । महासंघले स्थानीय तहस्तरीय समिति पनि गठन गर्दैछ । जसअनुसार मोरङमा १७ वटा स्थानीय तहकेन्द्रित समिति बन्नेछन् ।
त्यस्तै पार्टीनिकिट संगठनहरूले पनि स्थानीय तहस्तरीय समिति गठन गरिरहेका छन् । महासंघ र अन्य संगठनको समिति विस्तार हँुदा नेता शिक्षकहरूको संख्या बढ्दै जाने निश्चित छ ।
पार्टीगत संगठन एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला कार्यसमिति ३७ सदस्यीय छ । जसमा चार जना अझै थपिने संगठनका सचिव महेशकुमार गौतम बताउँछन् । जिल्लाबाट पाँच जना केन्द्रीय प्रतिनिधि छन् ।
कांग्रेसनिकट नेपाल शिक्षक संघको जिल्ला कार्यसमिति १८ सदस्यीय छ । त्यसबाहेक ९ जना केन्द्रीय प्रतिनिधि र ८ जना प्रदेश प्रतिनिधिहरू रहेको संघका सहसचिव अरविन्द्र यादव बताउँछन् ।
त्यस्तै माओवादी केन्द्रनिकट अखिल नेपाल शिक्षक संगठनको कार्यसमिति ३९ सदस्यीय छ । त्यसबाहेक केन्द्रीय प्रतिनिधि ३ जना रहेको अध्यक्ष मेघराज दंगालले बताए ।
त्यसैगरी राहत शिक्षक संघर्ष समितिको जिल्ला समिति पनि २१ सदस्यीय छ । प्रदेश प्रतिनिधि ३ जना र केन्द्रीय प्रतिनिधि ३ जना रहेका छन् ।
संघीय समाजवादी फोरमनिकट संघीय शिक्षक फोरम नेपालको जिल्ला समिति २५ सदस्यीय छ भने दुई जना केन्द्रीय प्रतिनिधि छन् । फोरमका मोरङ अध्यक्ष जयप्रकाश साह संगिठनको नियमित बैठक बस्ने गरेको बताउ“छन् । त्यस्तै राष्ट्रिय जनता पार्टी निकट नेपाल शिक्षक मञ्चको जिल्ला समिति ११ सदस्यीय छ ।
त्यसबाहेक पार्टीको नेतृत्व तहमै रहेका कतिपय शिक्ष्ँक नेताहरू पढाउनेभन्दा पनि कार्यकर्ता विस्तार गर्ने र संगठनको काममा बढी ब्यस्त हुने गरेका छन् ।
मन्त्री भन्छन्– काम नगरे कारवाही
राजनीति गर्ने तर काम नगर्ने शिक्षकलाई प्रदेश सरकारले कारवाही गर्ने चेतावनी दिएको छ । १ नम्बर प्रदेशका समाजिक विकास मन्त्री जीवन घिमिरे स्कूल खुलेको समयमा बाहिरी गतिविधि गर्ने जो कोहीलाई कारवाहीको दायरामा ल्याउने बताउ“छन् । शिक्षकले विद्यालय समयमा पढाइलाई प्रभाव पार्ने कुनै गतिविधि गर्न नहुने उनको भनाइ छ ।
‘डाक्टर हुन् या शिक्षक वर्किङ आवरमा कसैले बाहिरी गतिविधि गर्नु भएन’ मन्त्री घिमिरे भन्छन्– ‘निर्देशनको अटेर गरे कारवाही गर्छाैं ।’
भर्खरै निर्णय भएका कारण पनि सोको कार्यान्वयनमा केही समय लाग्न सक्ने उनी बताउ“छन् । ‘निर्णय भएको चार–पा“च दिनमात्र भयो’ उनले भने– ‘सकारात्मक प्रभाव परेको छ ।’
यो खबर आजको उद्घोष दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर