AArya
RUMPUM
animated ellipse animated ellipse

विश्वकप छनोटमा नेपालले आज अफगानिस्तानलाई रोक्ला ? दुवैका लागि ‘गर या मर’ को खेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ फाल्गुन २०७४, शनिबार ०७:०३
3
Shares
विराटनगर, २६ फागुन / आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । चार वर्षपछि एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्न लागेका दुवै टिमका लागि आजको खेल गर या मरको स्थीतीमा रहेको छ । अफगानिस्तानले अब समूह चरणको अन्तिम खेल नेपालसँग खेल्न लागेको हो ।

नेपालले पनि लगातार दुई खेल गुमाएको छ । तर, अफगानिस्तानको जस्तो दयनीय अवस्था भने होइन । जिम्बाब्वेविरुद्ध निकै कमजोर प्रदर्शन गरेको नेपालले स्कटल्याण्डविरुद्ध केही सम्हालिएको प्रदर्शन गरेको थियो ।

तर, भरपर्दा ब्याट्सम्यानहरुको प्रदर्शन विर्सनलायक हुँदा स्कटल्याण्डसँग नेपाल पराजित हुन पुग्यो । बलिङमा भने पहिलो खेलको तुलनामा निकै सुधारिएको पर्दशन गरेको थियो । यही वर्ष टेस्ट मान्यता पाएको अफगानिस्तानका लागि नेपाल विरुद्धको खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछैन । नेपालविरुद्ध जित हात पारे अफगानिस्तानको सुपर सिक्समा पुग्ने आशा गणितीयरुपमा रहनेछ । अफगानिस्तान टेस्ट मान्यताप्राप्त राष्ट्र हो ।

अफगानिस्तान सुरुवाती ३ खेलमा पराजित भएको थियो । पहिलो खेलमा स्टकल्यान्डसँग पराजित भएको अफगानिस्तान जिम्बावेविरुद्ध खेलमा २ रनले झिनो अन्तरले पराजित हुन पुग्यो । तेस्रो खेलमा हङकङसँग पराजित हुनु अफगानिस्तानका लागि पीडदायी साबित भयो । विश्वकप छनोट सुरु हुनुअघि जिम्बावे विरुद्धको सिरिज ४–१ ले जितेको अफगानिस्तान उच्च मनोबलका साथ विश्वकप छनोट खेल्न आएको थियो । तर कप्तान अस्घर स्टानिक्जाईले एपेन्डिक्सका कारण खेल गुमाए पछी अफगानिस्तानलाई समस्या परेको थियो । जिम्बावे विरुद्धको खेलमा अभद्र व्यवहार देखाएका विकेटकिपर ब्याट्सम्यान मोहमद शेहजाद पनि दुई खेलको प्रतिबन्धमा परे ।

प्रतियोगितामा नेपालको सुरुवात पनि अफगानिस्तानको जस्तै छ । सुरुवाती दुई खेल गुमाइसकेको नेपालको सुपर सिक्समा पुग्ने आशा बने बाँकी नै छ । त्यसका लागि नेपालले आज अफगानिस्तान र सोमबार हङकङलाई पराजित गर्नु पर्ने हुन्छ । नेपालका कप्तान पारस खड्काले पनि सुपर सिक्समा पुग्ने आशा बाँकी रहेको प्रतिक्रिया दिएका छन् । नेपालभन्दा धेरैपछि क्रिकेट खेल्न थाले पनि अफगानिस्तानले छोटो समयमै ठूलो फड्को मारिसकेको छ । त्यसैले अफगानिस्तानलाई पराजित गर्न नेपालाई ठुलो चुनौती हुने छ ।

नेपालका लागि दुवै खेल जित्नु कठिन चुनौती छ । किनकि नेपालले प्रतियोगितामा अपेक्षाकृत ब्याटिङ गर्न सकेको छैन । पहिलो खेलमा ३ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको नेपाली ब्याट्सम्यानले खुलेर ब्याटिङ गरेका थिए । तर स्कटल्यान्डसँग भने नेपालका लागि कप्तान पारस खड्काबाहेक अन्य ब्याट्सम्यानले खराब ब्याटिङ गर । ओपनिङको समस्या पनि नेपालको अर्को चुनौती हुनेछ । नेपाली स्पिनरले प्रतियोगितामा राम्रो खेल्नु नै नेपालको बलियो पक्ष हो । नेपालले आफ्नो आत्मविश्वास बढाउनका लागि अफगास्तिानसँग टी–२० विश्वकपको खेल सम्झिनु पर्ने हुन्छ । बंगलादेशमा भएको उक्त खेलमा नेपालले जित निकालेको थियो ।

अफगानिस्तानको टिम उत्कृष्ट र्फममा नहुनु नेपालका लागि सुखद समाचार हो । त्यसबाहेक कप्तान अस्गर स्टानिक्जाई र आक्रामक ब्याट्सम्यान मोहम्मद शाहजादको अनुपस्थितिले नेपाललाई फाइदा पुग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर