पूर्वाञ्चल खबर
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले विराटनगरमा पत्रकार सम्मेलन गरी आगामी एकसय दिनमा थालनी तथा सम्पन्न गर्ने कामको सार्वजनिकर गरेको हो ।
प्रदेश सरकारले आगामी एकसय दिनमा शान्ती सुरक्षा, , सिक्षा, स्वास्थ्य , पर्यटन, पुुर्वाधार तथा कृषि क्षेत्रको विकास साथै महगि नियन्त्रण , पुर्वाधार हुलाकी राजमार्ग तथा उत्तर दक्षिण सहायक राजर्माग विस्तार एंव निमार्ण ,विमानस्थल विस्तार लगायतका योजनाहरुलाई अघि वढाउने भएको छ ।
१ नम्वर प्रदेशका सातवटै मन्त्रालयले आगामी १ सय दिनमा गरिने काम तथा कामको थालनीका सात वंदे योजना सार्वजनिक गरिएको थियो ।
योजनामा स कृषिमा व्यवसायिकिकरण, गुणस्तरिय शिक्षा र शैक्षिक पुर्वाधार, लगानी मैत्री वातावरण, पुर्वाधार विकास, करमा सहभागिता, राष्ट्रिय गौरवका योजना, जोगवनी किमाथांका सडक निमार्ण, इन्टरनेट सेवा विस्तार, विकासमा साझेदारी तथा प्रेश स्वतन्त्रता, प्रेशको अधिकार तथा न्युनतम पारिश्रमिक कार्यान्वयमा जोड दिइएको छ ।
कार्यक्रममा वोल्दै मुख्य मन्त्री शेरधन राईले प्रदेश सरकारले जनतालाई अनुभुती हुनेगरी ल्याएको योजना अक्षरस कार्यान्वयन हुने वताउनुभयो । मुख्यमन्त्री राईले वजेटको अभाव भएपनी सार्वजनिक गरिएका योजनाहरु पुरागर्न सरकार प्रतिवद्ध रहेको वताउनुभयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री एंव सरकारका प्रवक्ता हिकमत कार्कीले सरकारले ल्याएको योजनाको सार्वजनिकिकरण गर्नु भएको थियो । कार्यक्रमा प्रदेश सरकारका मन्त्रीहरुको समेत सहभागिता रहेको थियो ।