AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आरोहणमा महिला नाट्य महोत्सव हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० फाल्गुन २०७४, आईतवार १७:३८
3
Shares
कार्यक्रमबारै जानकारी दिँदै प्रज्ञा प्रतिष्ठानका नाट्य विभाग प्रमुख प्राज्ञ रमेशरञ्जन झालगायत तस्वीर- पुष्पराज थपलिया
विराटनगर, २० फागुन / नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थान राष्ट्रिय नाँचघरको संयुक्त आयोजनामा मंगलबारदेखि विराटनगरमा राष्ट्रिय महिला रङ्ग उत्सव, एकल नाट्य प्रस्तुति हुने भएको छ ।

विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा मञ्चन हुने नाटकमा महिला कलाकारले मात्रै अभिनय गर्नेछन् । तीनदिनसम्म चल्ने महोत्सवमा हरेक दिन तीनवटा शो हुनेछ । कार्यक्रमबारे जानकारी दिँदै प्रज्ञा प्रतिष्ठानका नाट्य विभाग प्रमुख प्राज्ञ रमेशरञ्जन झाले नेपालमै पहिलोपटक यस किसिमको कार्यक्रम गर्न लागिएको बताए ।

उनका अनुसार लोकसञ्चार नाट्य समूह जनकपुर, झोराहाट नाट्य समूह मोरङ, परिवर्तन थिएटर काँकडभिट्टा, शिल्पी कला समूह काठमाडौं, सद्भाव थिएटर, क्षितिज नाट्य समूह विर्तामोड, ख्वाप्कीमी कला संस्थालगायतका नाट्य समूहले महोत्सवमा सहभागिता जनाउँदैछन् । रंगमञ्चमा महिला सहभागिता बढाउने उद्देश्यले महोत्सव गर्न लागिएको सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले जानकारी दिए । महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको र कलाकारहरु विराटनगर आउने क्रम सुरु भइसकेको स्थानीय संयोजक प्रविणनारायण चौधरीले जानकारी दिए ।

महोत्सवको स्थानीय व्यवस्थापन आरोहण गुरुकुल विराटनगर, दहेजमुक्त मिथिला र मैथिली सेवासमितिले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर