संविधान संशोधन प्रस्ताब राष्ट्रको हितमा – मन्त्री गच्छदार
पूर्वाञ्चल खबर
१६ मंसिर २०७३, बिहीबार १३:३६
3
Shares
१६ मंसिर, विराटनगर/ श्रम राज्यमन्त्री दिलिप गच्छदारले संविधान संशोधन प्रस्ताव राष्ट्र र जनताको हितमा आएकाले दलहरुको सहमतीमै प्रस्ताव पारित हुुने बताएका छन् ।
राज्यममन्त्री भएपछी पहिलोपटक गृह जिल्ला आएका राज्यमन्त्री गच्छदारले विराटनगर विमानस्थलमा विहिबार स्थानिय संचारकर्मीसँग कुरागर्दै प्रतिपक्षीदल एमालेलाई सहमतीमा ल्याएर संविधान संसोधन प्रस्ताव पारित हुुने बताए ।
मुुलुकलाई अखण्डित गर्न नभई एकतावद्ध गर्न संशोधन प्रस्ताव आएकाले यसप्रती शंखा नर्गन सवैलाई उनले आग्रह समेत गरेका छन् । संविधान कार्यान्वयनका लागी संविधान संसोधन आवश्यक भएकाले प्रस्तावलाई सफल बनाउन सवैदल लाग्नुपर्ने उनको भनाई थियो ।
राज्यमन्त्री गच्छदारले मधेशी मोर्चाको सहमतीमा संविधान संशोधन प्रस्ताव आएको वताए । एक प्रश्नमा राज्यमन्त्री गच्छदारले श्रम स्वीकृत लिएर विदेशमा काम गर्न जाने पद्धतीलाई थप प्रभावकारी वनाउन आफु प्रतिवद्ध भएर लाग्ने बताए ।
उनले वैदेशिक रोेजगारीमा जानेहरु विदेशमा ठगिने तथा अलपत्र पर्ने गरेको पाइएमा त्यस्ता मेनपावर कम्पनीलाई कानुनी कारवाही हुने बताएका छन् ।