पूर्वाञ्चल खबर
पथरी जेसीजको आयोजनामा भएको होली मिलन कार्यक्रममा पहिलो नेपाली तारा दीपक लिम्बुले एक दर्जन गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। म रङ हु तिमी रङहोली….. भन्दै स्टेज चढेका लिम्बुले मैले माया गर्न जानिन होला…., मुटु माग्यौ तिमीले मैले बाच्नु पर्छ…… मैले त्यही भएर मन पराको, म तिम्रो भै सके तिमी मेरी हुनु ल नाई न भन्नू ल ? …… लगायत १ दर्जन गित प्रस्तुत गरेका थिए । लिम्बुको गितमा झुमेका दर्शकले वान्स मोर वान्स मोर भन्दै मनोरञ्जन लिए ।
त्यस्तै होली मिलन कार्यक्रममा कुसल थलङ, पी. एल. ओ. डान्स आईडलका प्रतिस्पर्दी, नेपाल आईडल टप ट्वान्टीका प्रतिस्पर्दी, स्थानिय गायक नन्दु गुरूले मनोरञ्जन दिएका भने झापा विर्तामोडको आकाश रेड एण्ड ब्याड र दोबाटे टेलिसिरियलका कलाकारहरुले लाईभ प्रस्तुति दिएका थिए । सो कार्यक्रमबाट संकलित नगद १ लाख रुपयाँ बिहिबारै पथरी जेसीस र गायक दिपक लिम्बुले मृगौला पिडित सेनेहाङलाई हस्तान्तरण गरेको छ । पथरी जेसीजले हरेक वर्ष होली मिलन कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । सो कार्यक्रमको मुख्य प्रायोजन वल्र्डलिंकले इन्टरनेट सेवाले पथरीशनिश्चरेले गरेको थियो ।