AArya
RUMPUM
animated ellipse animated ellipse

ब्राजिली फुटबल टोली चढेको जहाजमा ‘इन्धन अभाव र विद्युतीय गडबडी’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ मंसिर २०७३, बिहीबार ११:२१
3
Shares
१६ मंसिर,कोलम्बिया/ कोलम्बियाका अधिकारीहरुले ब्राजिलको फुटबल टोली श्यापेकोएन्सीका खेलाडीहरू चढेको विमान इन्धन अभावका कारण दुर्घटनाग्रस्त भएको बताएका छन्।
मेडेलिन सहर नजिकैको विमानस्थलमा अवतरण हुनु केही मिनेटअघि विमानचालकले एअर ट्राफिक कन्ट्रोललाई विमानमा इन्धन कम भएको र भयानक विद्युतीय गडबडी देखिएको बताएका थिए।
अधिकारीहरूले विमानको ‘ब्लायक बक्स’ अनुसन्धानका लागि ब्रिटेनमा पठाइने र त्यसको निर्माता कम्पनी बिएइले त्यसलाई खोलेर जाँचबुझ गर्ने उल्लेख गरेका छन्।
ब्राजिलका सैनिक विमानहरु मृतकका शव स्वदेश लैजान बिहीबार कोलम्बिया पुग्दैछन्।
कोलम्बियाली अधिकारीहरूले दुर्घटनाको कारणबारे मुख खोल्नुअघि नै विमानको चालक दलका सदस्य र कोलम्बियाको एअर टाफ्रिक कन्ट्रोलका अधिकारीबीच भएको कुराकानीको चुहाइएको श्रव्य रेकर्डिङ बाहिर आएको थियो।
त्यसमा दुर्घटना हुनुअघिको हतासपूर्ण संवादको अंश भेटिन्छ र चालकले विमानमा गम्भीर विद्युतीय गडबडी भएको र इन्धन अभाव रहेको चेतावनी दिइरहेको सुनिन्छ। संवाद सकिने समयअघि चालकले आफूले नौ हजार फिटको उचाईमा विमान उडाइरहेको बताएका थिए।
कोलम्बियाको मेडलिन सहर नजिकैको पहाडी क्षेत्रमा सोमबार अबेर उक्त विमान दुर्घटनाग्रस्त भएको थियो। विमान खस्दा समेत विस्फोटन नभएकाले इन्धन अभाव रहेको पुष्टि हुने एक जना कोलम्बियाली सैनिक सूत्रले एएफपी समाचार संस्थालाई बताएका छन्।
विमानमा इन्धनको अभाव कसरी भयो, चुहावटका भएको थियो वा उडान भर्ने समयमा नै पर्याप्त इन्धन हालिएको थिएन कि भन्नेबारे अझै केही प्रष्ट भएको छैन। अनुसन्धानकर्ताहरूले अहिलेसम्म दुर्घटनाको कुनै एक कारण दिएका छैनन् र जाँचबुझको पूर्ण प्रतिवेदन आउन महिनौं समय लाग्न सक्छ।
दुर्घटनाग्रस्त विमानमा सवार ७७ यात्रु मध्ये जम्मा छ जनाको जीवितै उद्दार गरिएको थियो। यसबीच सेतो पोशाक लगाएर मैनबत्ती बोकेका दसौं हजार मानिसहरूले कोलम्बियाको मेडेलिन सहरको फुटबल मैदानमा जम्मा भएर मृतकप्रति श्रद्धान्जली व्यक्त गरेका छन्।
श्यापेकोएन्सी र एटलेटिको न्याशिओनेल क्लबबीचको प्रतिस्पर्धा सुरू गर्ने भनी तय गरिएको समयमा नै रंगशालामा श्रद्धाञ्जली कार्यक्रम सुरू भएको थियो। समारोहमा उपस्थित ब्रजिलका विदेशमन्त्रीले समर्थकहरुलाई ऐक्यबद्धताका लागि धन्यवाद दिएका थिए। बिबिसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर