AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

निजी र सामुदायिक बिच स्वच्छ प्रतिस्पर्धा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ फाल्गुन २०७४, बुधबार १९:१३
3
Shares
विराटनगर, १६ फागुन/ एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरेले सरकारी र संस्थागत लागतमा संचालित शैक्षिक संस्थाकाबिच स्वच्छ प्रतिष्पर्धा हुनु पर्ने बताएका छन् ।

आज विराटनगर(९ मा रहेको शिक्षालिप कलेजको ९ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारी लगानी र निजी लगानीमा सञ्चालित शैक्षिक संस्थाका बिच ठूलो खाडल देखिएका त्यसलाई अन्त्य गर्नु पर्ने बताए । शैक्षिक क्षेत्रमा निजी संस्थाहरुको योगदान अतुलनिय रहेको बताउँदै उनले अब सरकारी लगानीमा सञ्चालित शैक्षिक संस्थाहरुमा पनि सुधार ल्याउने दावि गरे ।

विराटनगरलाई शैक्षिक हबका रुपमा विकास गर्ने खालका नीति तथा ऐन प्रदेश सरकार आफैले निर्माण गर्ने उनले जानकारी दिए ।

शिक्षादीपले आयोजना गरेको कार्यक्रममा नेपालको यूथ–१६ का अन्तराष्ट्रिय क्रिकेट खेलाडी राजन मगर, सानो आकारको रकेट निर्माण गरी परिक्षण गरेका नितिस सिंह र यूवा अभियानकर्ता अविनाश थापालाई कलेजले सम्मान गरेको थियो ।

कार्यक्रममा प्रदेश १ का सभासद केदार कार्की, विराटनगर महानगर पालीकाका मेयर भीम पराजुली, उद्योग बाणिज्य संघ प्रदे्रश १ का उपाध्यक्ष राजेन्द्र राउत, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान मोरङका अध्यक्ष बलराम पन्त, पत्रकार महासंघ मोरङ अध्यक्ष बन्धु पोखरेल, कलेजका विज्ञान संकायका को–अर्डिनेटर बसन्त बस्नेत, मेनेजमेन्ट संकायका को–अर्डिनेटर शकर भट्टराईलगायतले बोलेका थिए । । कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर