पूर्वाञ्चल खबर
ओशो आश्रम विराटनगर–२ तीनैपैनीको आयोजनामा यही चैत १० गते शिविर आयोजना हुन लागेको हो । शिविरमा गुरु ओशोले प्रतिपादन गरेका विभिन्न ध्यानको समेत प्रयोग गरिने आश्रमका अध्यक्ष विकास रुपाखेतीले जानकारी दिएका छन् । उनले भने,‘चर्चित बोधिसत्व गुरु आनन्द अरुणको उपस्थितिमा हुने शिविर पूर्वका लागि उपहार नै हो ।’ उनले शिविरमा सहभागी हुन संघ संस्थासँग सम्बन्धित पदाधिकारीदेखि राजनीतिज्ञ, पत्रकार र समाजका विभिन्न क्षेत्रलाई आह्वान गरिएको बताए ।
अन्तर्राष्ट्रिय रुपमा अमेरिकासहित युरोपका विभिन्न देशमा शिविर सञ्चालन गर्ने आनन्द अरुणले धरान र झापाका कार्यक्रममा पनि सहभागी हुने बताउँदै रुपाखेतीले भने, ‘शिविरमा भाग लिन चाहनेले ओशो आश्रम विराटनगरमा सम्पर्क गर्न सक्नु हुनेछ ।’ आश्रममा अहिले पनि दैनिक नियमित ध्यानका कार्यक्रम हुँदै आएको रुपाखेतीले जानकारी दिए ।