RUMPUM
animated ellipse animated ellipse

होलि मिलन तथा सेनेहाङ बचाउ अभियान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ फाल्गुन २०७४, सोमबार १६:३८
3
Shares
गोपाल काफ्ले
पथरी, १४ फागुन / पथरी जेसिजले होलिको अवसर पारेर सांगितिक कार्यक्रम गर्ने भएको छ । हरेक बर्ष मनोरन्जन गर्दै सांगितिक कार्यक्रम मनाउर्दै आएको जेसिजले यो बर्ष मृगौृला पिडितको सहयोगार्थ होली मनाउने संयोजक सुमन कुरुङवाङले जानकारी दिएका छन ।
मोरङमो मिक्लाजुङ २ निवासी अमर तुम्बापोका छोरा सेनेहाङ तुम्बापो दुवै मृगौला फेल भएर आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले सेनेहाङको उपचारका लागि सांगितिक कार्यक्रम गरी संकलीत रकम सहयोग गरीने बर्ष २०१८ का जेसिज अध्यक्ष टीका बिक्रम चौहानले बताए ।

होलि फागुन १८ गते पथरीको गोर्खा डिपाटमेन अगाडि बिहान ११ बजे बाट सुरु गरि ५ बजे समापन हुने छ भने कार्यक्रममा राष्ट्रिय कलाकार पहिलो नेपाली तारा दिपक लिम्बू, पि एल ओ डान्स आईडल, नेपाल आईडलमा टप २० का प्रतिस्प्रदी, पूर्वका उत्कृष्ट ब्याण्डहरुको लाईभ प्रस्तुती रहने सोमबार पत्रकार संमेलन गरी जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर