AArya
RUMPUM
animated ellipse animated ellipse

पाकिस्तानका पूर्व कप्तान इमरान खानले गरे ६३ वर्षमा तेस्रो विवाह

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ फाल्गुन २०७४, सोमबार २०:२८
3
Shares
लन्डन,७ फागुन/ पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान इमारन खानले विवाहमा ह्याट्रिक गरेका छन्। क्रिकेटरबाट राजनीतिज्ञ बनेका ६३ वर्षीय इमरान खानले लन्डनमा एक समारोहबीच तेस्रो विवाह गरे।

पूर्व क्रिकेट कप्तान खान पाकिस्तानको तहरिक-ए-इन्साफ पार्टीका अध्यक्ष समेत रहेका छन्। उनले आध्यात्मिक प्रशिक्षक बुशरा मनेकासँग आइतबार विवाह गरेको पाकिस्तान तहरीक-ए-इन्साफ (पिटिआई) पार्टीका प्रवक्ता फवाद चौधरीले बताएका छन्। मनेका ५ सन्तानकी आमा भएको एजेन्सीहरुले जनाएका छन्।
मनेकासँगको तेस्रो विवाहले दुवै परिवार र देशका लागि राम्रो परिणाम ल्याउने इमरानले बताएका छन्। यसअघि पनि इमरानको तेस्रो विवाहको विषयमा हल्ला चलेको थियो। तर, उनले यस कुराको खण्डन गरे पनि कुनै दिन तेसो विवाह गरेमा सार्वजानि तरिकाले भब्य रुपमा गर्ने बताएका थिए।

पिटिआई प्रवक्ता चौधरीले इमरानले विवाहका लागि प्रस्ताव राखेको र दुवैका छोरा-छोरीले स्विकृति दिएपछि मात्र विवाह भएको बताएका छन्। सन् १९९२ को विश्व कप क्रिकेट आफ्नो कप्तानीमा पाकिस्तानलाई जिताएका इमरानले बेलायती व्यापारीकी छोरी जेमिमा गोल्डस्मिथसँग पहिलो विवाह गरेका थिए।

यो जोडीबाट २ छोरा छन्। जेमिमासँग सम्बन्धमा रहेका इमरानले त्यसपछि तलाक लिएका थिए। गत वर्ष उनले टेलिभिजन पत्रकार ४२ वर्षीय रेहम खानसँग दोस्रो विवाह गरे पनि लामो समय उनीहरुको सम्बन्ध टिक्न सकेन। १० महिनामै यी दुईबीचको सम्बन्ध टुटेको थियो। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर