RUMPUM
animated ellipse animated ellipse

रेग्मीको आत्मकथा विमोचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ फाल्गुन २०७४, सोमबार १५:४७
3
Shares
विराटनगर, ७ फागुन /शिक्षासेवी लक्ष्मीप्रसाद रेग्मीको आत्मकथा संग्रह ‘मेरो अतीत र वर्तमान’ नामक पुस्तक विराटनगरमा विमोचन गरिएको छ ।

विराटनगरस्थित रेग्मी समाजको भवनमा आज आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, देवराज रेग्मीलगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका छन् । खोटाङको मार्से बतासेमा वि.सं. १९७६ मा जन्मिएका रेग्मीले दुई दर्जनभन्दा बढी विद्यालय स्थापना गरेका थिए ।

रेग्मीकी छोरी सुशीला खतिवडाले प्रकाशन गरेको पुस्तकमा जन्मिएदेखि हालसम्मका अनुभूतिहरुलाई समेटिएको छ । विमोचित पुस्तकको समीक्षा गर्दै प्राज्ञ विवश पोखरेलले लक्ष्मीप्रसाद रेग्मीको आत्मकथा संग्रह ‘मेरो अतीत र वर्तमान’ले भावीपुस्तालाई अगाडि बढ्न अभिप्रेरित गर्ने बताए । पोखरेलले भने, ‘रेग्मीले जीवनकालमा भोगेका घटनाहरुलाई सशक्त रुपमा उठान् गरेका थिए ।’ पुस्तक पढ्दा रमाइलो लाग्ने उनले बताए । ‘पुस्तक पठनीय मात्रै नभएर संग्रहनीय छ,’ प्राज्ञ पोखरेलले भने ।

कार्यक्रममा रेग्मी समाजका केशव रेग्मी, नारायणप्रसाद रेग्मी, भैरवराज रेग्मी, कुमार रेग्मी, महेश रेग्मी, ईश्वर रेग्मीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर