१४ मंसिर,दुहवी/रमपम झापा-११ दुहवीमा जारी मनमोहन दुहवी गोल्डकप फुटबलको अन्तिम चारमा प्रवेश गरेको छ ।
झापाले मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलमा भारतको शेर फुटबल क्लब कालिङपोङलाई २–० गोल अन्तरले पाखा लगाउदै सेमीफाइनलको यात्रा गरेको हो ।
खेल ९० मिनेट खेलाउनुपर्नेमा कालिङपोङका खेलाडीहरु ढिलो आएकोले खेल छोट्याएर ६० मिनेट मात्र खेलाइएको थियो ।
पहिलो हाफको ८ औ मिनेटमा रमपम ११ झापाका योगेश गुरुङले गोल गर्दै आफ्नो टिमलाइ अग्रता दिलाउन सफ भएका थिए । अतिरीक्त समयको अन्तिम मिनेटमा झापाका बिशाल राइले थप गोल गर्दै आफनो टिमलाई बिजय बनाएका थिऐ ।
खेलको उत्कृष्ट खेलाडी रमपम ११ झापाका योगेश गुरुङलाई सुरक्षा अस्पताल बिराटनगरका निर्देशक रवीन्द्र देवले ट्रफी सहित नगद रु ५००० प्रदान गरेका थिए । बुधवारको पहिलो सेमी फाइनल खेल त्रिभुवन आर्मी क्लब काठमाण्डौ र फ्यान्स क्लब बिआरसी भुटान बिच हुने छ ।