RUMPUM
animated ellipse animated ellipse

कवाडीको गोदामा आगलागी, १० लाख बराबरको क्षति

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ फाल्गुन २०७४, मंगलवार १८:३०
3
Shares
विराटनगर, १ फागुन /विराटनगर – ८ हाटखोल बस पार्क छेउमा रहेको कवाडीको गोदाममा लागेको आगो २ घण्टापछि नियन्त्रणमा आएको छ ।

विद्युत सट भइ मंगलबार विहान ७ बजे लागेको आगो ९ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको मोरङ प्रहरीले जानकारी दिएको छ ।

किशोर रोनियारले सञ्चालन गरेका कवाडीको गोदाममा लागेको आगो नियन्त्रण गर्न विराटनगर महानगरपालिको तीन वटा बरुणयन्त्र, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

उक्त गोदाम भित्र रहेको कवाडीको सामान जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय मोरङका अनुसार आगलागीबाट के कतिको नोक्सान भयो भन्ने बारेमा जानकारी प्राप्त नभएको जनाए पनि संचालक रोनियारका अनुसार करिब १० लाख बराबरको क्षति भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर