पूर्वाञ्चल खबर
देश भरबाटै बिभिन्न औधोगिक प्रतिस्ठानको उपस्तिथीमा रोजगारी मेला आयोजना भएको हो।कलेजबाट पहिलो ब्याचको रुपमा ग्राजुएट भएका बिद्यार्थीका निम्ति कलेजले उक्त रोजगारी मेलाको आयोजना गरेको हो ।
मेलामा २० बढी कम्पनीहरुको उपस्तिथी रहेको थियो । देशकै प्रतिष्ठित चौधरी समुह , देवनारा समुह । पिएलो समुह , इनोभेट नेपाल ग्रुप ,कान्तिपुर मिडिया समुह , एनआईसी एसिया बैंक , प्रभु म्यानेजमेन्ट , राठी समुह , नयाँ पत्रिका , ग्लोबलआइएमइ बैंक ,रिगो टेक्नोलोजी, ओबि मिडिया प्राली ,बिराट एच आरलगायतको उपस्तिथी रहेको थियो ।
बिद्यार्थीहरुले आफ्नो पढाइ सकेपछी आफ्नो क्षमता अनुसारको रोजगारीको वातावरण सिर्जना गर्न उक्त रोजगारी मेलाले महत्वपूर्ण भूमिका खेल्ने कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर विवेक दाहालले जानकारी दिए । प्रभु म्यानेजमेन्टका प्रोजेक्ट म्यानेजर केशवराज आचार्यले बिद्यार्थीहरुका लागि गरिएको यस्तो कार्यक्रमले उनीहरुको क्षमता जाच्न मदत पुगेको बताए ।
इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं । मेरिल्याण्ड कलेज बिराटनगर , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् ।