पूर्वाञ्चल खबर
विराटनगर तीन स्थित देवि पञ्चायनको मन्दिर परिसरमा भएको शिविरमा हाम्रो ज्येष्ठ नागरीक हातेमालो सेवा समाजका सदस्यहरु मध्येमा एक सय १४ जनाको स्वास्थ्य परिक्षण गरी निःशुल्क रुपमा औषधी वितरण पनि गरिएको हो ।
शिविरको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका थिए भने लायन हिमा राईले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा लायन अशोक शिवाकोटी, लायन कैलाश खाकी श्रेष्ठ लगायतले बोलेका थिए ।
परिक्षण डा. शिरजन कटुवाल, डा. अम्विका भुषाल, निलम श्रेष्ठ, रेनुका श्रेष्ठ, शिव शंकर मण्डल, सविना चौधरी लगायतले गर्नुभएको थियो ।