पूर्वाञ्चल खबर
मोरङका विभिन्न १३ विद्यालयका विपन्न ६ सय विद्यार्थी र तिनका परिवारलाई आज एक कार्यक्रमको आयोजना गरि महासंघले न्यानो कपडा वितरण गरेको हो । केन्द्रीय समितिको आयोजना तथा जिल्ला समितिको व्यवस्थापनमा भएको कपडा वितरण कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य लालबाबु पण्डितले कपडा हस्तान्तरण गरे ।
विद्यार्थीलाई स्वीटर तथा निजका अभिभावकहरुलाई ६ सय थान ब्ल्यांकेट बितरण गरिएको पेशागत महासँघ मोरङका सचिव प्रकाश शर्माले जानकारी दिए ।
महासंघ १ नम्बर प्रदेश समितिका संयोजक शंकर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल, १ नम्बर प्रदेश सांसद जीवन घिमिरे र सावित्रा रेग्मीलगायतको उपस्थिती रहको थियो । कार्यक्रम जनपथ माविको प्रांगणमा भएको हो ।