११ मंसिर,विराटचौक / नेकपा (एमाले) को भगिनी संगठन अखिल नेपाल महिला संघ मोरङको अध्यक्षमा पुन कृष्ण राई सर्वसम्मत निर्वाचित भएकी छिन्
।
कोशीहरैचामा आज बिहान सम्पन्न संघको छैठौ जिल्ला सम्मेलनबाट राईको अध्यक्षतामा ४१ सदसिय जिल्ला समिति सर्वसम्मत रुपमा चयन गरिएको हो । संघको उपाध्यक्षमा विमला दाहाल घिमिरे र सरस्वती खरेल, सचिवमा टिका भट्टराई, सहसचिवमा मिरा दास, कोषाध्यक्षमा शिला दिक्षित कार्की चयन भएकी छिन् ।
त्यस्तै कार्यालय सचिवमा तिलकुमारी शर्मा चयन भएकी छ्न् । निर्वाचित सबैलाई अखिल नेपाल महिला संघकी केन्द्रिय कार्यवाहक अध्यक्ष गोमा देवकोटाले सपथ ग्रहण गराएकी थिइन् । सम्मेलनको हिजो नेकपा (एमाले) का महासचिव इश्वर पोखरेलले उद्घाटन गरेका थिए । नयाँ कार्य समितिको कार्यकाल ३ बर्षको रहने छ । मोरङ जिल्ला अनेम संघको ९ बर्ष पछि नयाँ कार्य समिति चयन गरिएको हो ।