AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लालबावु पण्डित सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ माघ २०७४, शनिबार १७:५७
3
Shares
विराटनगर, ६ माघ /मोरङको क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका एमाले नेता तथा सांसद लालबावु पण्डित गृह जिल्लामा सम्मानित भएका छन् ।

विराटनगर – १२ मा बसोबास गर्ने पण्डितलाई आज आयोजना गरेको वनभोज कार्यक्रममा सोही वडाका अगुवा कार्यकताहरुले सम्मान गरेका हुन् ।

सम्मानितपछि कार्यक्रममा बोल्दै पण्डितले बाचुनजेल जनताको सेवामा लागि परेर सेवामुलक काम गर्ने बताए । ‘तपाइहरुले दिएको भोटको कदर गदुर्छ,’ पण्डितले भने, ‘जहिले पनि जनताको शिर उच्च पार्ने काम गर्नेछु ।’ सेवाको गर्ने इतुले राजनैतिक गर्दै आएको हुनाले जनताको सेवा गर्न जोस जागरको साथ सक्रिय रुपमा लागि पर्ने उनले बताए ।

सरकार परिवर्तनपछि विकास निमार्णडले फ्डको मार्ने जानकरी दिदै पण्डितले यस क्षेत्रको विकास लागि सधै लागी पर्ने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा नेकपा एमाले मोरङका पूर्व अध्यक्ष महेश रेग्मी, यूवा संघ नेपालको सचिव पशुराम बस्नेतलगायले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर