खबर पूर्वाञ्चल

सार्वजनिक सुरक्षा, शान्ति र सुव्यवस्था कायम राख्न अत्यावश्यक भएकोले कर्फ्यू लागू गरिएको प्रमुख जिल्ला अधिकारी यादवद्वारा जारी आदेशमा उल्लेख छ।
यसअघि बसेको जिल्ला सुरक्षा समितिको बैठकले विराटनगर महानगरसहितका विभिन्न स्थानमा असामाजिक तथा हिंसात्मक गतिविधि हुन सक्ने आशंका गर्दै कर्फ्यूको निर्णय गरेको हो।
आदेश अनुसार प्रदेश सभा पूर्वमा नेपाल राष्ट्र बैंक, पश्चिममा कोशी अस्पताल चोक, मुख्यमन्त्री कार्यालय उत्तरमा रोडशेष चोक, दक्षिणमा जतुवा चोक (कोभिड अस्पताल नजिक), मुख्यमन्त्री निवास उत्तरमा रोडशेष, दक्षीणमा सिचाई मन्त्रालय जाने बाटो तोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय उत्तरमा शनिहाट, दक्षिणमा टेलिकम जाने मोड पश्चिममा गोल्छा आँखा अस्पताल, विराटनगर महानगरपालिका पूर्वमा शनिहाट चोक, उत्तरमा विराटेश्वर मन्दिर, दक्षिणमा गोल्छा चोक , प्रदेश प्रमुख कार्यालय पूर्वमा नहर, पश्चिममा कोशी राजमार्ग , प्रदेश प्रमुख निवास उत्तर मदननगर आवि, दक्षिण मानगढ खानेपानी, पश्चिममा नहर वरपरको ३ सय मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको हो।
विराटनगरमा प्रदर्शन चर्किँदै गएको छ। पुष्पलाल चोकमा रहेको पुष्पलाल श्रैष्ठको शालिक तोडफोड भएको छ।