AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

तीन लाख लिएर श्रीमती बेपत्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ पुष २०७४, सोमबार १९:४६
3
Shares
पत्रकार सम्मेलन गर्दै पिडित गिरानन्द पासवान
बिराटनगर, २४ पुस / बुडिगंगा गाउँपालिका वडा नम्वर २ का अपाङ्ग गिरानन्द पासवानकी श्रीमती अनितादेवी पासवानले नगद तीन लाख र गरगहना लिई बेपत्ता भएकी छिन् ।

बेपत्ता श्रीमती अनितादेवी पासवान

पिडित गिरानन्दले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी उनकी श्रीमती अनितादेवी पुस १५ गतेदेखि बेपत्ता भएको जानकारी गराए ।

अनितादेवीको माइती मोरङ दर्बेशा रहेको र निजको खोजतलास गर्न प्रहरीमा जाहेरीसमेत दिएको भए पनि अहिलेसम्म फेला नपरेपछि पत्रकार सम्मेलन गर्नु परेको उनले बताए । उनले मेरी श्रीमती खोजि गरिदिन सवैलाई आग्रहसमेत गरे ।

बेपत्ता भएको दिनदेखि सम्पर्कमा आएकी छैनन् र फोन गर्दा फोन नउठाउने गरेको उनका पति गिरानन्द बताए । उनीहरुको एक १७ वर्षीय छोरा र दुई छोरी रहेको छ ।
श्रीमती बेपत्ता हुनुअघि मोबाइलको कल डिटेल हेर्दा एकजनासँग ६ सय ४५ पटक फोन सम्पर्क गरेको पाइएको गिरानन्दले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर