AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कमिसन बृद्धि माग्दै धर्ना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ पुष २०७४, सोमबार १८:५४
3
Shares
विराटनगर, २४ पुस/बिक्री वापतको कमिसन बढाउन माग राख्दै विराटनगरका ग्यास विक्रेताले सोमबारदेखि ग्याँस उद्योगमा धर्ना सुरु गरेका छन् ।

चार दिनसम्म खाना पकाउने (एलपीजी) ग्यासको विक्री बन्द गरेर आन्दोलनमा उत्रिएका विक्रेताले दोस्रो चरणको आन्दोलन अन्तर्गत ग्यास उद्योगकै गेट अगाडि धर्ना सुरु गरेका हुन् ।

एलपी ग्यास विक्रेता संघको अगुवाईमा भएको आन्दोलनमा आसपासका डिलरहरूले समेत समर्थन गरेका छन् । संघ सम्बद्ध पदाधिकारीले सोमबार मोरङको बुढीगंगा गाउँपालिका हात्तिमुढास्थित कोशी ग्यास उद्योग अगाडि धर्ना सुरु गरेका छन् ।

आन्दोनलमा समर्थन र सहयोग गरिरहेको ग्यास विक्रेता महांसघका केन्द्रीय सदस्य तेजराज श्रेष्ठले दैनिक साँझ ४ बजेसम्म धर्ना दिने र उद्योगबाट ग्यासको आपूर्ति हुन नदिने बताउनुभयो । आफ्ना माग पूरा नहुञ्जेल आन्दोलन जारी रहने उहाँको भनाइ छ ।

विक्रेताले विगत १५ वर्षदेखि प्रतिसिलिन्डर ३५ रुपैयाँ मात्र कमिसनमा प्राप्त गर्दै आएका छन् । लामो समयदेखि ग्यासको कमिसन बढाउन सरकार, नेपाल आयल निगम र स्वयम् उद्योगीले पनि चासो नदिएको विक्रेताको भनाइ छ । महंगी बढेपनि ग्यास बिक्रेताको कमिसन एक पटक पनि नबढाएको उनीहरुले बताएका छन् । ग्यास विक्रेताले प्रतिसिलिन्डर ५ प्रतिशत कमिसन पाउनुपर्ने माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर