पूर्वाञ्चल खबर
बार्षिक साधारणसभामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भवानीसंकर चापागाईले २०७४ सालमा १३ वटा साभा विस्तार गरेको जानकारी दिए । संस्थाले आउदो बर्ष ५ वटा साखा सञ्जाल खोल्नकालागि प्रकृया अगाडी बढाएको जानकारी दिए । फाइनान्सले गत आर्थिक बर्ष मात्र १३ करोड,२६ लाख ८७ हजार ८ सय ७३ रुपैया मुनाफा गरेको छ । मुनाफा गतबर्षको भन्दा करिव ५५.१९ प्रतिशत बढि रहेको अध्यक्ष सुयस प्याकुरेलले जानकारी दिए । खुद मुनाफाबाट चुक्तापूजीमा ३२.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको बताइएको छ ।