पूर्वाञ्चल खबर
आठ वर्षको कैदी जीवन बिताएर आइतबार कैद मुक्त भएका वृद्ध अहिले जिल्ला कारागार मोरङ विराटनगर बाहिर बसोवास गर्दै आएका छन् ।
सुस्त मनस्तिका रहेका वृद्ध भुजेलको आफन्त धरानमा रहेको बताउँछन् । तर, अहिलेसम्म वृद्धलाई लिन कोही नआएको कारागारका जेलर प्रेमप्रसाद सापकोटोले जानकारी दिए ।
जबरजस्ती करणी मुद्दामा भूजेल जेल परेका थिए । कैद मुक्त भएका वृद्धलाई बुझन कारागार प्रशासनले ०२१–५२८८३० मा सम्पर्क गर्न सार्वजानिक अपिल समेत गरेको छ ।