पूर्वाञ्चल खबर
सुनसरी ३ बाट नेकपा एमालेका तर्फबाट उमेदवार रहेकी भगवती चौधरीले निर्वाचन आयोग समेत ४ जनाविरुद्ध रिट निवेदन दिएकी छिन् ।
रिट निवेदनमा उजुरी पत्रको अन्तिम किनारा गर्न समय लाग्ने भएकाले सो समयसम्म संविधान कानुन र निर्वाचन सम्बन्धी सर्वमान्य सिद्धान्त समेतको प्रतिकुल हुने गरी भए गरिएको गैरकानुनी मतगणनाबाट निस्केको परिणामले प्रश्रय नपाउन भन्नका लागि विपक्षी गच्छदारलाई प्रतिनिधि सभाको सदस्यको सपथ ग्रहण नगराउनु, संघीय संसद्को पदधारण गरी कामकाज गर्न नदिनु भन्ने आदेश माग गरिएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीका अनुसार उजुरीमा निर्वाचन परिणामको प्रक्रिया नमिलेका कारण पुनः मतगणनाको माग गरिएको छ ।