AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

डिएवी स्कुलले हजुबुवालाई सम्मानित ग¥यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ पुष २०७४, आईतवार १९:१३
3
Shares
विराटनगर, ९ पुस / विराटनगर – १३ मा रहेको डिएवी उच्च माविले १ हजार जना हजुरवुवाहरुलाई सम्मान गरेको छ । एकै थलोमा उनीहरुलाई भेला पारी डिएवी उच्च माविमा आइतबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

नर्सरीदेखी कक्षा ४ सम्म अध्ययन गर्ने ६ सय जना विद्यार्थीहरुको १ हजार हजुरबुवाहरुलाई उच्चमाविले सम्मान गरेको थियो । सम्मानित हुने हुजरवुवालाई दोसल्ला ओढाएर सम्मान गरिएको उच्च माविका प्राचार्य रमेश मिश्राले जानकारी दिए । सम्मानित हुने हजुरबुवाहरुलाई उच्च माविका व्यवस्थापन समितिका अध्यक्ष सुरेश कुमार शर्मा, उच्च माविका प्राचार्य रमेश मिश्र, सञ्चालक समितिको सदस्य दवेन्द्र राजगठिया, डा. राजकुमार अग्रवाल र चिकित्सव नारयण कुमारले सम्मान गरेका थिए ।
सोही अवसर पारेर कक्षा नर्सरी देखी कक्षा ६ सम्मका विद्र्याीहरुले साँस्कृतिक नृत्य, गायनलगायतको विभिन्न मनोरञ्जनत्मक कार्यक्रम प्रस्तुत गरेका थिए । उनीहरुको प्रतिभाले अभिभावकहरु समेत खुदी देखिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर