खबर पूर्वाञ्चल
आउँदो सोमबार हुने क्रिसमस डे को अवसर पारेर स्कूल प्राङ्गमा आज एक कार्यक्रमको आयोजना गरी अग्रिमरुपमा क्रिसमस डे मनाईएको होे ।
कार्यक्रममा स्कुलमा अध्ययनरत कक्षा ४ देखि कक्षा ५ का विद्यार्थीहरुले सुमधुर संगित र नृत्यको साथमा मानव अंकित वि. एन. ई. एस. तयार गरेका थिए र सेन्टाक्ल्सको पोसाक पहिरिएका विद्यार्थीहरुले स्कुल प्राङ्गणको अग्रपंत्तिमा उभिएर कार्यक्रमको शोभा बढाएको स्कूलका प्रिन्सिपल मणीराज भट्टराईले जानकारी दिए ।
साथौ कक्षा छ देखि नौ सम्मका छात्राहरुले नृत्य प्रस्तुत गरी स्कूलका शिक्षक, अभिभावक र अतिथीहरुलाई भरपुर मनोरञ्जन दिएका थिए । उक्त कार्यक्रम विद्यालय स्तरकै उत्कृष्ट भएको जनाउदै कार्यक्रमलाई छोटो समयमै राम्रो र सफल बनाउन सहयोग पु¥याउने सम्पूर्ण शिक्षक – शिक्षिकाहरुलाई स्कुलका प्रिन्सिपल भट्टराईले धन्यावाद ब्यक्त गरे ।