RUMPUM
animated ellipse animated ellipse

दाइजो विरुद्धको अभियानमा राज्जा रानी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ पुष २०७४, मंगलवार १८:३२
3
Shares
विराटनगर, ४ पुस/ दाइजो विरुद्धको अभियान विराटनगरबाट सुरु भएको छ । मधेसमा व्यस्त दाइजो प्रथा विरुद्ध निर्माण गरिएको चलचित्र ‘राज्जा रानी’को प्रचार सहित दाइजो तथा बाल विवाह विरुद्धको अभियान सुरु भएको हो ।

मधेशी समुदायका व्यस्त रहेको दाइजो उन्मुलनकालागि विराटनगरबाट देशै भरी अभियानको सुरु वात गरिएको अभियानका संयोजक राजकुमार महतोले जानकारी दिए । उनका अनुसार बाराको नेपालगञ्जमा घटेको बास्तविक घटनामा आधारित चलचित्र राज्जा रानीको प्रचार सहित अभियान पनि सुरु गरिएको हो ।

चलचित्र राजनरानीमा राजाको भूमिकामा नाजिर हुसेन छन् भने रानीको भूमिकामा केकी अधिकारी रहेकी छन् । सो चलचित्र बास्तविक घटनामा आधारित रहेको उनीहरुले बताएका छन् । पुस २१ गते रिलिजको तयारीमा रहेको राजा रानीले मधेसी समुदायमा रहेको व्यस्त दाइजो प्रथालाई समेटेको छ । चलचित्रको काम मनोरञ्जन प्रदान गर्ने भएपनि राज्जा रानीमा मनोरञ्जनसँगसँगै सामजिक विकृतिको चित्रण गरिएको नायिका केकी अधिकारीले बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर