कटहरी ३ नं. वडा कार्यालयको आफ्नै भवन

खबर पूर्वाञ्चल, २९ असार २०७९, बुधबार १६:५१
576
Shares
विराटनगर / मोरङको कटहरी गाउँपालिका – ३ नं. वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेको छ ।

कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले आज वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् ।

निर्माण सुरू भएको सात महिनामा नवनिर्मित भवन निर्माणको काम पुरा भएको कटहरी गाउँपालिका– ३ का वडाअध्यक्ष जदुलाल कामतले बताए । उनका अनुसार ढेड कठ्ठा क्षेत्रफलमा ८५ लाख रुपैयाँ लागतमा वडा कार्यालयको भवन निर्माण भएको बताए ।

नवनिर्मित भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष चौधरीले नयाँ भवनबाट सेवाग्राहीलाई छिटो र क्षरितो रुपमा सेवा प्रभाव गरिनुपर्ने बताए । जनताको सेवामा खटिने जनप्रतिनधी र कर्मचारीहरूले सहज रूपमा सेवा प्रभावहमा जोड दिनुपर्ने बताए ।

वडाअध्यक्ष कामतले यसअघि साँघुरो भवनबाट कठिनपूर्ण तरीकाले सेवा प्रभाव गनुपर्ने अवस्थाबाट अन्त्य भएकोे बताए । सुविधासम्पन्न वडा कार्यालयको नवनिर्मित भवनबाट जनतालाई छिटो, क्षतिर र चुस्त रूपमा सेवा प्रभाव गरिने बताए । नवनिर्मित भवनमा तीन वटा कोठामा, एउटा सभाहलसहितका शौचालय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५