AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

यूवाले चलाए ‘क्लिन विराटनगर अभियान’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ पुष २०७४, शनिबार १९:५८
3
Shares
विराटनगर, १ पुष / विराटनगरलाई सफा बनाउने अभियान शुरु गरिएको छ । पूर्व बाल क्लवका सदस्यहरुले हरेक साताको शनिवार ‘क्लिन विराटनगर अभियान’ शुरु गरेका हुन ।

विराट यूवा सञ्जालको नाममा अभियान थालिएको छ । अभियान गत साताको शनिवारबाट शुरु गरिएको सञ्जालका संयोजक विकेश मुखियाले बताए । उनका अनुसार अभियानमा संलग्नहरु बाल क्लव पूर्व सदस्यहरु हुन् । गत साता विराटनगर १५ मा सरसफाई गरिएको थियो । आज विराटनगर ९ मा सरसफाई गरिएको हो ।

आजको सरसफाई कार्यक्रममा मोरङ क्षेत्र नम्वर ६ (ख) का प्रदेशसभा सदस्य केदार कार्की, राप्रपा नेता दिनेश शाहको पनि सहभागिता रहेको थियो । अभियानलाई विराटनगरभरि व्यापक बनाउनका लागि यूवाहरुलाई प्रदेशसभा सदस्य कार्कीले आग्रह गरे । उनले २ सय वटा फोहोर फाल्ने डस्विन सहयोग गर्ने घोषणा समेत गर्नु भएको छ ।

प्रदेशसभा सदस्य कार्कीले भने,‘ हामीले गर्न ुपर्ने अभियान, तिमीहरुले थालेका छौं, मेरो पूर्ण सहयोग रहने छ । ’ ‘क्लिन विराटनगर अभियान’ मा ५० जनाको यूवाहरुको सहभागिता रहेको छ । संयोजक मुखियाले भने,‘ यो संख्या बढेर जाने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर