पूर्वाञ्चल खबर
विराटनगरमा रहेको लर्डबुद्ध बोर्डिङ स्कूलले विद्यार्थीहरुमा भएको प्रतिभा खोजी गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने विद्यर्थाीहरु सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
आज स्कूल परिसरमा भएको क्वाटफाइलनमा १ सय जना विद्यार्थीबाट १५ जना सेमिफाइनलको लागि छनौट गरिएको स्कूलका प्रिन्सिपल सि.एम. श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको निर्णायकहरुमा गायक सुमन श्रेष्ठ र विश्वजित चक्रवती रहेका थिए ।
प्रतियोगिता फाइनल आगामी पुसमा हुनेछ । प्रतियोगिताको बिजेता हुने विद्यार्थीहरुलाई आकर्षण ट्रफी तथा पुरस्कार वितरण गर्ने बताइएको छ । स्कूलले प्रत्येक वर्ष स्कूलमा अध्ययरत विद्यार्थीहरुको प्रतिभा खोजी गर्ने उद्देश्यले यस्तो प्रतियोगिता गर्ने गरेको स्कूलका प्रिन्सिपल श्रेष्ठको भनाई छ ।