AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

महिला म्यादी प्रहरीलाई दुव्र्यवहार गर्ने प्रहरी ईन्चार्जलाई कारवाहीको माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ मंसिर २०७४, आईतवार २१:५६
3
Shares
तस्वीर-म्याट जोन
विराटनगर २४ मंसिर / महिला म्यादी प्रहरीलाई दुव्र्यवहार गर्ने प्रहरी ईन्चार्जलार्इृ कारवाहीको माग गरेका छन् ।

महिला म्यादी प्रहरीलाई ईलाका प्रहरी कार्यालय नेमुवा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक टंकप्रसाद कोईरालाले महिला म्यादी प्रहरीलाई कुटपिट तथा अपशब्द प्रयोग गरी गाली गलोज गरेको भन्दै कारबाहीको माग गरेका छन् ।

मंसिर २१ गते प्रतिनिधी सभा तथा भएको प्रदेश सभाको चुनावमा खटिएका म्यादी प्रहरी लाई मोरङको ईन्चार्ज कोईरालले चुनावमा खटेर आएका महिला म्यादी प्रहरीलाई अभद्र र असभ्य भाषा गर्दै गाली गलौज गरेको उनीहरुले आरोप लगाएका छन् ।

उनीहरुलाई ज्यादती गरेको भन्दै शुक्रबार ईलाका प्रहरी कार्यालय नेमुवा तीन घन्टा सम्म म्यादी प्रहरीले घेराउ गरेका थिए । उनीहरुले बिना काममा तथानाम गाली गलोज गर्दै पिट्नेसम्म गरेको भनी केही बेर नेमुवा प्रहरी कार्यालय घेराउ गरी कारबाहीको माग गर्दै आन्दोन सम्ोत गरेका थिए ।

‘विहानै देखि भोक – भोकै चुनावमा खटेर बेलुकी आएपछि मेचमा अत्यन्तै भीड र खाना नभएका कारण बाहीर होटलमा खाना खान जादै गर्दा सही कोईरालाले बोल्न नै नहुने अपशब्द प्रयोग गरेको पिडीत म्यादी प्रहरी बर्षा सुबेदीले भनिन् ।’ ‘हामीलाई डिउटीमा लैजादाँ चाही गाडीमा हालेर लगे तर फर्कने बेलामा चाही गाडीको सुविदा नदिन्दा राती ट्याक्टर रिजाब गरेर मुस्कीलले आउनु पर्यो ।’ ‘आँउदा मेचमा खाना पनि थिएन अनि हामी बाहिर खाना खान जान लाग्दा सहीसापले त कहाँ गएकी थिईस..बोका खोजेर आएको हो ? त… .. पो रहिछे जस्ता बोल्न नै नहुने अपशब्दले गाली गरेको पिडीत सुबेदीले रुदै भनिन् ।

नेमुवा प्रहरी चौकीमा रहदाँ महिला म्यादी प्रहरीको कोठामा कपडा फेरीरहेको बेला सिधै प्रवेश गर्ने कहिले राती ३ बजे नै उठेर भाटा समेत हान्ने गरेको अर्की एक पिडीत महिला म्यादी प्रहरी जुनिका चौधरीले गुनासो पोखिन् । यहाँको सहिसापले बाहिर होटलमा गएर खाने अनि यहाँ लजमा सुत्न आउने तिमीहरु त, र…..पो हौकी सम्मको गाली गरेको पिडीत चौधरीले भनिन् । ‘हामीले कुनै गल्ती नै गरेका छैनौ, तर पनि यहाँको सहिसापले आफूलाई यसरी तथाना गाली गरेको बताईन् ।

सहिको गाली गरेको सुन्न नसकेर चौधरी भक्कानिदै आफ्नो व्यार्था सुनाईरहेकी थिइन् । नेमुवका प्रहरीले नै राती रक्सी खादै आएर म्यादी प्रहरीहरुलाई गाली गलौज गर्ने गरेको उनीहरुले बताए ।

महिला म्यादी प्रहरीमाथी प्रहरी ईन्र्चाजबाट दुव्र्यबाहार भएको छ, यसरी एउटा प्रहरीले प्रहरीलाईनै दुव्र्यवहार गर्ने प्रहरी नायव निरीक्षक कोइरालालाई तुरुन्त कारबाही हुनुपर्छ अर्का एक म्यादी प्रहरी जगरनाथ रायले आक्रोस पोखे ‘हामीले ईलाका प्रहरी कार्यालय रानीमा लिखित उजुरी दिएका छौँ ।’ ‘अब जिल्ला प्रहरी कार्यालयमा पनि निवेदन दिनेछौ कारबाही हुनुपर्छ भनी ।’ यति कारबाही नभए हामी मानवअधिकार र अदालतसम्म जाने उनीहरुले चेतावनी दिए ।

उता ईलाका प्रहरी कार्यालय नेमुवाका प्रहरी नायव निरीक्षक कोईरालाले भने ‘मबाट कुनै गल्ती भएको छैन, ‘यदि मेरो प्रहरी युनिटबाट गल्ती भए एक्सक्यूइज ।’ यति भनिसकेपछि प्रहरी नायव निरीक्षक कोइराला आफूले केही नगरेको जस्तो गरेर टाढिन्छन् ।

यता जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले भने ‘यो बिषयमा म कहाँ जानकारी आएको छैन, आए पछि के हो अनुसन्धान गरी छानविन गर्ने बताए । कुनै पनि प्रहरीले यस्तो गल्ती गर्न पाउदैन खास कुरा के हो यथाशिग्र चाडो भन्दा चाडो पत्ता लागई छानविन गरी कारबाही गर्ने एसपी विसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर