RUMPUM
animated ellipse animated ellipse

मोरङमा काँग्रेसले खाता खोल्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ मंसिर २०७४, शनिबार २१:३७
3
Shares
अनिल श्रेष्ठ
विराटनगर /मोरङको निर्वाच क्षेत्र नम्बर ६ को २ मा काँग्रेसका केदार कार्की विजयी भएका छन् ।

मुख्य निर्वाचन कार्यालय विराटनगरले शनिबार रातिको घोषित मत परिणाम अनुसार कार्कीले एमालेका रमेश पोखरेललाई ३ हजार १ सय ७८ मत अन्तरले पराजिगत गरी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

काँग्रेसका कार्कीले ११ हजार २ सय ९८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका पोखरेलले ८ हजार १ सय २० मत प्राप्त गरेको छन् ।
कार्कीको जितसँगै काँग्रेसले मोरङमा प्रदेशतर्फ खाता खोलेको छ । सोही निर्वाचन क्षेत्रको १ मा पनि काँग्रेसकै चुमनारयण तबदारले अग्रता कायम गरेका छन् । उनले ११ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् भने माओवादीका जीवन आचार्यले १० हजार ३ सय ४३ मत ल्याएर पछ्याउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर