पूर्वाञ्चल खबर
निर्वाचन कार्यालयले आफ्नो वेभसाइटमा राखेको परिणाम अनुसार अहिलेसम्ममा एमालेले सोलुखुम्बुमा २, ताप्लेजुङमा १ र भोजपुरमा २ वटामा जित हात पारिसकेको भने माओवादीले ताप्लेजुङमा एउटा प्रदेशसभा सदस्य जितेको छ ।
घोषित परिणाम अनुसार एमालेले २६ वटा प्रदेशसभामा फराकिलो अग्रता लिएको छ । यस्तै माओवादीले १० वटामा अग्रता लिएको छ । कांग्रेसले प्रदेशसभामा अहिलेसम्म जित्न सकेको छैन भने मोरङ र सुनसरीका गरी ८ वटामा जित्नसक्ने देखिएको छ ।
यसरी हेर्दा अग्रता र विजयी सिट संख्यामा एमाले एक्लैलाई प्रत्यक्षमा बहुमत आउने देखिएको छ । समानुपातिक मतमा पनि प्रदेश १ मा एमाले ठूलो हुने आँकलन गरिएको छ ।
संखुवाभाको दुई प्रदेशसभामा एमाले र माओवादी १/१ वटा जित निकाल्ने देखिएको छ । यस्तै ओखलढुंगाको १ मा एमाले र २ मा माओवादी अगाडी छ । यस्तै खोटाङमा एमाले १ र माओवादी २ नम्बरमा अगाडी छन् ।
उदयपुरको १ नम्बर प्रदेशसभामा एमाले अगाडि छ भने कांग्रेस २ मा अगाडी छ । धनकुटाका दुवै प्रदेशसभामा एमाले उम्मेदवार अगाडी छन् । यस्तै तेह्रथुमका २ वटा, इलामका ३ वटामा एमाले अगाडी छ भने इलामको एउटामा माओवादी केन्द्रका उम्मेदवार अगाडी छ । सुनसरी १ का दुवै प्रदेशसभामा एमालेका उम्मेदवार अगाडी छन् भने सुनसरी क्षेत्र नम्बर २ को (१) मा पनि एमाले अगाडी छ ।
यस्तै झापाका ८ वटा प्रदेशसभामा एमाले अगाडी छ भने माओवादी २ वटामा अगाडी छ । प्रारम्भीक मत परिणाम अनुसार मोरङमा पनि एमालेले ४ र माओवादीले ४ वटा प्रदेशसभा सदस्यमा जित निकाल्न सक्ने सम्भावना देखिएको छ ।
प्रतिनिधिसभा सदस्यमा सुनसरीले कांग्रेस बचाउँदै छ । पहाडी जिल्ला ओखलढुंगाबाहेकका जिल्लामा क्लिनस्वीप जस्तै बनेको कांग्रेसलाई मोरङको क्षेत्र नम्बर २ र सुनसरीको २ र ४ नम्बर क्षेत्रले राहत दिइरहेको छ ।
घोषित मत परिणाममा भने एमालेले १ नम्बर प्रदेशबाट प्रतिनिधिसभामा ५ वटा जितेको छ भने माओवादीले ४ तथा कांग्रेसले १ सिटमा विजय प्राप्त गरेको छ । सुनसरीको २ र ४ बाहेक अन्य क्षेत्रमा कांग्रेसका उम्मेद्वार बाम गठबन्धनका उम्मेदवारलाई पछ्याइरहेका छन् । झापामा भने कांग्रेसका कुनै पनि उम्मेदवार अगाडि आउन सकेका छैनन् ।