पूर्वाञ्चल खबर
चुनाव हार्ने डरले कांग्रेससँग विलय भएको उप–प्रधान तथा भौतिक योजनामन्त्री नेपाली कांग्रेसका हेवीवेट नेता विजयकुमार गच्छदार एमालेकी चौधरीको मत भन्दा २ हजार ६७ मतले पछाडि परेका छन् । चौधरीले ८ हजार ५ सय ८८ मत प्राप्त गर्दा गच्छदारले ६ हजार ५ सय २१ मत पाएका छन् ।
त्यस्तै सुनसरी १ मा वाम गठवन्धनका उम्मेदवार नेकपा एमालेका जयकुमार राईले लोकतान्त्रिक गठवन्धनबाट संघीय समाजवादी फोरम नेपाल वरिष्ठ नेता अशोक राईलाई ७ हजार बढी मतले पछि पार्दै अग्रता लिइरहेका छन् । जारी मतगणनाको अहिले सम्म वाम उम्मेदवार राईले १२ हजार ८ सय ३७ मत ल्याई अगाडि छन् भने लोकतान्त्रिक गठवन्धनका अशोक राई ५ हजार ७ सय ७७ मत ल्याई उनलाई पछ्याउँदै छन् ।
सुनसरी क्षेत्र नम्बर २ मा भने नेपाली कांग्रेस उम्मेदवार सीताराम मेहता अगाडि छन् । पूर्व भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री समेत रहेका मेहता वाम गठवन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका डम्बरु सुवेदी भन्दा १ हजार बढी मतले अघि छन् । मेहताले १० हजार ५ सय ७७ मत ल्याउदा सुवेदीले ९ हजार ३ सय ४६ मत प्राप्त गरी मेहतालाई पछ्याउँदै छन् ।
सुनसरी क्षेत्र नम्बर ४ भने नेपाली कांग्रेसका उम्मेदवार तथा बहालवाला अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वाम गठवन्धनका उम्मेदवार नेकपा एमालेका रमेश श्रेष्ठ भन्दा २७ सय बढी मतले अगाडि छन् । कार्कीले ११ हजार ९ सय ४९ मत प्राप्त गर्दा श्रेष्ठले ९ हजार २ सय ३० मत ल्याई उनलाई पछ्याई रहेका छन् ।