सांसदहरुको तलब भत्ता बढाएको विरुद्धमा नयाँ शक्ती पार्टी
पूर्वाञ्चल खबर
७ मंसिर २०७३, मंगलवार १७:३५
3
Shares
७ मंसिर,विराटनगर/ सांसदहरुको तलब भत्ता बढाएको विरुद्धमा नयाँ शक्ती पार्टी मोरङले विराटनगरमा प्रदर्शनी गरेको छ ।
विराटनगरको ट्राफिक चोकमा मंगलबार सांकेतिक रुपमा एक घण्टा प्लेकाट बोकेर प्रदर्शनी गरेका हुन ।
उनीहरुले जनताले खोजे देशको समृद्धि, नेताले रोजे तलब भत्ताको बृद्धि, जनता भूकम्पको शोकमा, संसद भत्ताको मोजमा, रेमिटेन्सको पैसाँले भत्ता बढाए नेताले, भष्ट्रचारी भष्ट्रचारमै मष्त सांसदहरु तलब बढाउन व्यस्तलगायतको विभिन्न प्लेकाट बोकेर प्रदर्शनी गरेका थिए ।
नयाँ शक्ती पार्टी मोरङको संयोजक खेम प्रधानले भूकम्प पीडितलाई राहत तथा पुनस्थापन गर्नुपर्ने बेलामा सरकारले संसदको तलब वृद्धी गरेर गल्ति गरको बताएका छन् । उनले सांसदको तलब वृद्धीको विरुद्ध स्वरुप हामीले सांकेतिक रुपमा प्रदर्शनी गरेको बताए । सरकारले तत्काल संसदको बढाएको तलब खारेज नगरे थप आन्दोलन गर्ने उनीहरुले चेतवनी दिएका छन् ।