पूर्वाञ्चल खबर
भवनको उद्घाटनसँगै २०६५ सालमा स्थापित सहकारीले आफ्नै भवनबाट कारोबारसमेत सुरु गरेको छ । नवनिर्मित भवनको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा मोरङ क्षेत्र नं ६ ख का उम्मेद्वार रमेशप्रसाद पोखरेलले उद्घाटन गरे । साढे २४ लाख रुपैयाँमा खरिद गरेको १५ कठ्ठा जग्गामा निर्मित भवन निर्माण गर्न ४३ लाख ६४ हजार रुपैयाँ लगानी भएको संस्थाका अध्यक्ष छत्रबहादुर तामाङले जानकारी दिए ।
नौ सयभन्दा बढी साधारण सदस्य रहेको सहकारीले विभिन्न सामाजिक कामसमेत गर्दै आएको छ । गत वैशाखदेखि निर्माण सुरु गरिएको भवन भूकम्पमैत्री भएको संस्थाका लेखा समिति संयोजक अनुपकुमार स्याङबोले बताए ।
कार्यक्रममा भवन निर्माण समितिका संयोजक दानबहादुर राईलाई सम्मान गरिएको थियो । भवन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले राईलाई सम्मान गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष कमल लामा तामाङ, सचिव बद्री न्यौपाने, वडा नम्बर १३ का अध्यक्ष झरीलाल महतोलगायतले सहकारीको महत्वका विषयमा चर्चा गरेका थिए । उनीहरुले सहकारीले सामाजिक एकता कायम गर्दै मान्छेका मनलाई भावनात्मक रुपमा जोडेको बताए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।