RUMPUM
animated ellipse animated ellipse

स्पर्शको वार्षिक उत्सवमा पत्रकार खरेल सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ मंसिर २०७४, आईतवार १७:५५
3
Shares
विराटनगर, ३ मंसिर/ विराटनगर – २ मा रहेको स्पर्श नेपालको ८ औं वार्षिक उत्सवको अवसर पारेर दुई जना सम्मानित भएका छन् ।

आ– आफ्नो क्षेत्रमा रहेर समाज उल्लेखिय योगदान पु¥याउने पत्रकार र साहित्यकारलाई आज सम्मान गरेको हो । विराटनगरबाट प्रकाशित हुने न्यू सृष्टि दैनिकका प्रधान सम्पादक शंकर खरेल र साहित्यकार भैरवदान सुराना नगदसहित सम्मानित भएका थिए ।

उनीहरुलाई विराटनगर महानगरपालिको मेयर भीम पराजुली, काँग्रेस नेता महेश आचार्य, स्पर्श नेपालका अध्यक्ष संजीवकुमार खड्काले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । पत्रकार खरेलले सम्मान बापत पाएको ५ हजार ५ सय रुपैयाँ स्पर्क नेपाल सुधार केन्द्र संस्थाकै हितको लागि खर्च गर्न आग्रह गदै अध्यक्ष खड्कलाई रकम हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर