AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङ काँग्रेसको घरदैलो तिव्रता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ मंसिर २०७४, शनिबार १८:५८
3
Shares
लेटाङ, २ मंसिर / मोरङको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका काँग्रेस उमेद्वारले चुनावी घरदैलो र चुनावी अभियानलाई तिव्रता दिएका छन् ।

निर्वाचन क्षेत्रको उत्तरी भेगमा काँग्रेसका प्रतिनिधि तथा प्रदेश सभाका उमेद्वारले आफ्ना चुनावी अभियानलाई तिव्रता दिएका हुन् । काँग्रेसका प्रदेश सभाका मोरङ १ ख का उमेद्वार इश्वरी कोइराला घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । उनले लेटाङ ८ को जाँते र मिक्लाजुङ ५ मा मतदातासँग आज भेटघाट गरी त्यसक्षेत्रमा भए गरेका विकास निर्माणलगायत विषयमा छलफल गरेका छन् ।

कोइरालाले मतदातामाm भने,‘विजयी भए भने प्रदेशको विकासका लागि सक्रिय हुँदै तपाईंहरुकै निम्ति काम गर्नेछु ।’ उनले उत्तरी मोरङ विकासका दृष्टिले निकै पछि परेकोले यसको विकासमा ध्यान दिने आफूहरुको एजेन्डा नै नभएको बाए ।

यता,लेटाङ नगरपालिकामा काँग्रेसका प्रतिनिधि सभातर्फका उमेद्वार डिगबहादुर लिम्बूले नेपाल शिक्षक संघ आवद्ध शिक्षकहरुसँग अन्तरक्रिया गरेका छन् । कार्यक्रममा लिम्बूले भने,‘बौद्धिक जगतले चुनावमा गर्ने सहयोग निकै महत्वपूर्ण हुने भएकोले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न जरुरी छ ।’ लिम्बूले यसक्षेत्रको शैक्षिक विकास पनि काँग्रेसको मुख्य एजेन्डा भएको चर्चा गरे । सहभागीले गुणस्तरीय र व्यवहारिक शिक्षा अहिलेको आवश्यकता भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर