पूर्वाञ्चल खबर
नेपाल प्रेस युनियन मोरङद्धारा विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा वोल्दै उपप्रधानमन्त्री गच्छदारले, लोकतान्त्रिक शक्ति र वामपन्थी शक्ति विचको धुर्विकरणले मुलुकमा राजनितिक जटिलता थपिएको बताए ।
दलहरु विचको धुर्विकरणले मुलुकको प्रगतिमा वाधा पुग्ने भन्दै उनले मुलुकमा राजनितिक स्थाइत्व कायमगर्दै आर्थिक समवृद्धिका लागी दलहरु राष्ट्रिय एजेन्डाका साथ अघि वढनु पर्ने वताए । उनले समग्र मुलुकको ध्यान मात्र नभएर अन्तराष्ट्रिय जगतको ध्यान समेत चुनावमा केन्द्रित रहेकाले अव हुने निर्वाचनले मुुलुकमा राजनितिक स्थाइत्व र दिगो सरकार बनाउने बताए ।
उपप्रधानमन्त्री गच्छदारले आगामी १५ वर्षमा मुलुकलाई समवृद्ध बनाउने खालको एजेन्डालाई मुख्य ठुलादलहरुले आगामी चुनावमा प्राथमिक्ता दिनु पर्ने वताए ।
उनले केहि घटना घटदैमा निर्वाचनका लागी सरकारले गरेको सुरक्षा व्यवस्था फितलो भन्न नमिल्ने भन्दै मंसिर–१० र २१ गते हुन लागेको निर्वाचनका लागी सरकारले चारवटै सुरक्षा निकाय परिचालन गरेकाले निर्धक भएर निर्वाचनमा सहभागी हुन आग्रह समेत गरे ।
उपप्रधानमन्त्री गच्छदारले मुलुक संघियतामा गइ सकेको र केन्द्रको अधिकार गाउपालिका र नगरपालिमा पुगि सकेकाले कार्यकारी राष्ट्रपति प्रणालीको कुरा औचित्य नभएको प्रष्ट पारे ।