जेभियर्स स्कुलमा शैक्षिक सत्र २०७८ को लागि विद्यार्थीहरूको नयाँ नेतृत्व चयन

खबर पूर्वाञ्चल, १४ मंसिर २०७८, मंगलवार १३:१४

विराटनगर / बुढीगंगा २, टङ्कीसिनवारीमा रहेको जेभियर्स इं. स्कुल शैक्षिक सत्र २०७८ को लागि विद्यार्थीहरूको नयाँ नेतृत्व चयन गरेको छ ।

हरेक वर्ष लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचन प्रक्रियाद्वारा चयन गरिने विद्यार्थी नेतृत्व यसपटक भने सर्वसम्मत गर्न सफल भएको छ । कक्षा १० की अनिशा घिसिङ स्कुल क्याप्टेनमा निर्विरोध चयन भएकी छिन भने कक्षा ९ का विशाल भट्टराई र दिया भट्टराई स्कुल भाइस क्याप्टेनमा चयन भएका छनर ।

त्यस्तै विद्यालयका चारै सदनमा क्याप्टेन र भाइस क्याप्टेनको पनि चयन गरेको छ । त्यसैगरी कक्षा ९ की छात्रा ललिता राजवंशीको अध्यक्षतामा १५ सदस्यीय जेभियर्स बाल क्लव पनि गठन गरिएको छ । उक्त क्लवको उपाध्यक्षमा विनिता कार्की र एलेक्सिस खवास चयन भएका छन भने सचिवमा रुपेश खवास, सहसचिवमा सुमिना भट्टराई र कोषाध्यक्षमा प्रगति बराल चयन भएका स्कूलका निर्देशक जनक ढकाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

PABSON
SBSC
Sitala Subaa
mani Sir
MINILYAND
jagat Sir
SURENDRA

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५