AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पहिचान, पहुँच र प्रतिनिधित्वका लागि काँग्रेसको जित आवश्यक–डा कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ कार्तिक २०७४, सोमबार २०:३६
3
Shares
विराटनगर, २७ कार्तिक / नेपाली काँग्रेसका नेता तथा मोरङ ६ का प्रतिनिधि सभा सदस्यका उमेदवार डा. शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वका लागि नेपाली कांग्रेसको जित आवश्यक रहेको बताए ।

विराटनगर महानगरपालिका वार्ड नम्बर १२ का विभिन्न स्थानमा आज भएको चुनावी अभियान कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताका हुन् । उनले चुनावी अभियान कार्यक्रममा बोल्दै पहिचान, पहुँच र प्रतिनिधित्वकालागि नेपाली काँग्रेसको जित अपरिहार्य रहेको बताए ।
कार्यक्रममा बोल्दै कोइराललाले लोकतन्त्रको सुचिश्चितता कांग्रेसबाट मात्रै सम्भव हुने बताए । यस्तै उनले समग्र विराटनगरको विकास र प्रादेशिक राजधानी विराटनगरलाई बनाउन नेपाली कांग्रेसको पक्षमा मतदान गर्न आग्रह समेत गरे ।

डा. कोइरालाले सडक, ढल, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई समाधानगर्दे अगाडि बढ्ने बताए । यस्तै कार्यक्रममा बोल्दै मोरङ क्षेत्र नम्बर ६ (२) का प्रदेश सभाका उम्मेदवार केदार कार्कीले लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे । उनले विराटनगर महानगरपालिका भित्रका सडक, विद्युत, खानेपानी, शिक्षाको गुणस्तरीयताका लागि कटिबद्ध भएर काम गर्ने बताए । यस्तै मोरङ क्षेत्र नम्बर ६ (१) का प्रदेश सभाका उम्मेदवार चुमनारायण तबदारले समग्र क्षेत्र नम्बर ६ मा को विकास र समृद्धिका लागि कांग्रेसलाई जिताउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर